रघुजी पन्तको टिप्पणी- प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले पाउने अवसर पनि गुमायो

नेपालभ्युज

रघुजी पन्तको टिप्पणी- प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले पाउने अवसर पनि गुमायो
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले चीन भ्रमणबाट नेपालले महत्वपूर्ण अवसर गुमाएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आर्थिक, भौतिक संरचनाको विकासमा कोशेढुंगाको भुमिका खेल्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसकेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको चीन भ्रमण ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तो भएको टिप्पणी पनि गरे ।

भ्रमणका क्रममा मुलुकको अग्रगति, उन्नति र गरिबी हटाउनका लागि कुनै आयोजना कार्यान्वयन हुन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

उनले नेपालको प्रधानन्त्रीले एमसीसीका कार्यकारी निर्देशकसँग उभिएर एमसीसी कार्यान्वयन शुभारम्भ हुने कार्यक्रमको उद्घाटन गर्नु कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved