कप्तान पौडेल भन्छन्- एसियाडमा सोचेजस्तो नतिजा आएन तर विश्व रेकर्ड बनाउन सकेकोमा खुसी छौं

नेपालभ्युज

कप्तान पौडेल भन्छन्- एसियाडमा सोचेजस्तो नतिजा आएन तर विश्व रेकर्ड बनाउन सकेकोमा खुसी छौं

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले चीनमा जारी एसियाली खेलकुदमा नेपालले सोचेजस्तो नतिजा ल्याउन नसकेको प्रतिक्रिया दिएका छन् ।

१९ औं एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्केपछि बिहीबार सञ्चारसँग उनले ‘सोचेजस्तो नतिजा ल्याउन नसकेको’ प्रतिक्रिया दिएका हुन् ।

उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए । विश्व रेकर्ड बन्दा भने टिम धेरै नै खुशी भएको उनको भनाइ छ ।

आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनले बताए ।

त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताउनु भयो । उनले अहिले टिम एकजुट भएर खेलिरहेको पनि बताए ।

एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved