एमाले गण्डकीको नेतृत्व छान्न आज उम्मेदवारी दर्ता

नेपालभ्युज

एमाले गण्डकीको नेतृत्व छान्न आज उम्मेदवारी दर्ता

पोखरा। नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न आज बुधबार उम्मेदवारी दर्ता हुँदैछ ।

मंगलबार नै उम्मेदवारी दर्ताको कार्यक्रम रहेपनि कलस्टरमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया स्थगित भएको थियो । आज बुधबार बिहानदेखि उम्मेदवारी दर्ता हुने निर्वाचन समितिले जनाएको छ ।

मंगलबार दिउँसो ३ बजेबाट मनोनयन उम्मेदवारी फाराम वितरण र दर्ता हुने तालिका थियो । तर, सहमति नजुट्दा निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

उम्मेदवारहरुको क्लस्टर मिलाउनुपर्ने भएको हुँदा मनोनयनका लागि बुधबारको समय दिने निर्वाचन कमिटीले जनाएको छ । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पक्षबीच कडा विवाद र चुनावी टकराव देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved