भूकम्पमा आत्तिएर भाग्दा घाइते, असोजे झरीमा घर बाहिरै बस्न बाध्य

मंगलबार बझाङमा आएको भूकम्पमा पनि केही यसरी नै होस गुमाएर भाग्दा र हाम फाल्दा घाइते भएका छन्। बाल विकास माविमा क्षति पुगेको छ। त्यहाँ विद्यार्थीहरू भागाभाग हुँदा केही घाइते भए।

नेपालभ्युज

भूकम्पमा आत्तिएर भाग्दा घाइते, असोजे झरीमा घर बाहिरै बस्न बाध्य

काठमाडौं। भूकम्प आउँदा अपनाउनुपर्ने सुरक्षा बारे जानकारहरू भन्छन्–‘भाग्नु हुँदैन चौकोस, खाट वा टेबुल मुनि गुडुल्की मारेर बस्नपुर्छ।’

तर, भूकम्पको त्रासले मानिसहरू आत्तिएर भाग्ने गर्छन्। मंगलबार बझाङमा आएको भूकम्पमा पनि केही यसरी नै होस गुमाएर भाग्दा र हाम फाल्दा घाइते भएका छन्।

बाल विकास माविमा क्षति पुगेको छ। त्यहाँ विद्यार्थीहरू भागाभाग हुँदा केही घाइते भए।
घाइतेलाई सदरमुकाम चैनपुर लगिएको छ।

बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा दिइएको छ। भूकम्प आएपछि बझाङवासीहरू सचेत हुँदै घर बाहिरै बसेका छन्। असोजे झरीमा घर बाहिरै बस्न बाध्य भएका हुन्। वरिपरिका जिल्लामा समेत धक्का लागेपछि बाहिरै छन्।

सम्बन्धित समाचार –

बझाङमा भूकम्प जाने क्रम जारी, एकैदिन पाँच भूकम्प

बझाङ भूकम्प: अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा, गर्भवती महिलालाई निकालियो प्राङ्गणमा

बझाङ भूकम्प : प्रहरी कार्यालय र स्कुलको भवनसहित केही घर भत्किए, पाँच घाइते

बझाङ भूकम्प : विभिन्न ठाउँमा क्षति

हल्लियो सुदूरपश्चिम, बझाङ केन्द्र बनाएर ६।३ म्याग्निच्युटको भूकम्प


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved