इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या, शंकास्पद दुईजना पक्राउ

नेपालभ्युज

इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या, शंकास्पद दुईजना पक्राउ

काठमाडौं । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगाको लिखु–४ का १७ वर्षीय शनी कार्कीको हत्या भएको छ । गएराति धारिलो हतियार प्रहारबाट उनको हत्या भएको हो ।

प्रहरीका अनुसार उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार कार्कीमाथि आक्रमणको कारण खुलेको छैन ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved