एसियाडमा आज ६ खेलमा प्रतिस्पर्धा गर्दै नेपाल

नेपालभ्युज

एसियाडमा आज  ६ खेलमा प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा आज नेपालले ६ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

उक्त प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले बिहान सवा ८ बजे दक्षिण कोरियासँग खेल्दैछ ।

यस्तै, कबड्डीमा बिहान सवा ८ बजे नै नेपालले बंगलादेशसँग खेल्दैछ ।  नेपालले आज आर्चरी, स्क्वास, एथ्लेटिक्स र ब्याडमिन्टनमा पनि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रतियोगिताको नवाैँ दिनसम्म नेपाल  कुनै पदक जित्न सफल भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved