फेवाताल मिचेर बनाइएको कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश 

नेपालभ्युज

फेवाताल मिचेर बनाइएको कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश 

पोखरा। सर्वोच्च अदालतले फेवातालको उत्तरपट्टि सेदीमा रहेको वाटर फ्रन्ट रिसोर्ट भत्काउन आदेश दिएको छ। अवैध ठहर गर्दै भत्काउन आदेश दिएको हो।
१२ वर्षदेखिको मुद्दालाई किनारा लगाउँदै गत असार ४ मा फैसला सुनाएको सर्वोच्चले असोज ९ मा पूर्ण पाठ ल्याएको हो ।

रिसोर्ट निर्माणकै बेलामा अधिवक्ताद्वय खगेन्द्र सुवेदी र बालकृष्ण भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित सरकारी कार्यालय, पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालि र संचालक कर्ण शाक्यलाई विपक्षी बनाएर सर्वोच्चमा निवेदन दिएका थिए ।

सार्वजनिक जमिन मिचेर फेवातालको ६५ मिटर मापदण्डभित्र अवैध रूपमा बनाइएको र ताल संरक्षणमा बाधा पुग्ने भएकोले निर्माण कार्य रोक्न अन्तरिम आदेशको माग गरिएको थियो। जवाफमा शाक्यले मुख्यतः चार तर्क पेस गरे । जुन तर्कलाई सर्वोच्चको फैसलाले झुटो ठह¥याएको छ ।

रिसोर्टको अनुमति प्रक्रिया नै कानुनसम्मत नरहेको सर्वोच्चको ठहर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved