सम्बन्धलाई बिगार्ने कारण बन्न सक्छन् यस्ता बानी, परिवर्तन जरुरी छ

नेपालभ्युज

सम्बन्धलाई बिगार्ने कारण बन्न सक्छन् यस्ता बानी, परिवर्तन जरुरी छ

एजेन्सी । एउटा सम्बन्धलाई सुन्दर बनाउनका लागि कति धेरै मेहनत तथा विभिन्न कसमहरू निभाउनु पर्नेहुन्छ । साँचो प्रेमका लागि विश्वास तथा हरेक सुखदुखमा साथ निभाउने साथ हुनुपर्दछ ।

धेरैजस्तो सम्बन्धहरूमा शुरुआती क्रममा एकदमै धेरै माया देखिन्छ, जसरी समय बित्दै जान्छ सम्बन्धमा दरार आउन थाल्छ, झगडा सुरु हुन्छ । यसको कारण केही साना साना गल्तीहरू हुन्छन् जसले गर्दा सम्बन्ध बिग्रन थाल्छ । त्यसैले यस्ता कुराहरूमा विशेष ध्यान दिन सक्यो भने सम्बन्ध सधैँ नयाँ जस्तो बनिरहन्छ ।

आफ्ना इच्छाका बारेमा कुरा नगर्नु
कुनै पनि सम्बन्धको सबैभन्दा ठुलो गल्ती भनेको आफ्नो जीवनसाथीसँग आफ्ना इच्छा आकाङ्क्षाहरू एक अर्कासँग खुलेर नभन्नु । एकले अर्कालाई उसले नराम्रो मान्छ कि भन्ने सोचेर एक अर्काको इच्छाका बारेमा कुरा गर्दैनन् । जसले गर्दा सम्बन्ध टाढा हुन थाल्छ ।

पार्टनरलाई बदल्ने कोसिस
कतिपयले आफूअनुसार आफ्नो पार्टनरलाई परिवर्तन गराउन चाहन्छन् । जो एकदमै गलत हो र यसले सम्बन्धलाई सुधार्नुको साटो झनै बिगार्छ । किनकि मानिसको सबैको आआफ्नै स्वभाव बानी व्यवहारहरू हुन्छन् जसलाई हेरेर नै एक अर्कालाई मन पराइएको हुन्छ भने त्यसलाई पछि परिवर्तन गराउन चाहनु गलत हो ।

गल्ती नमान्नु
आफ्नो गल्ती नमान्नु वा आफ्नै कुरा मात्र लागू गराउन खोज्नु पनि सम्बन्धमा दुरी ल्याउन सक्छ । यस्तो कुराले एक अर्कालाई दुःख मात्र दिन्छ खुसी दिँदैन ।

पार्टनरको समस्यालाई बेवास्ता गर्नु
हरेक सम्बन्धमा भावनात्मक रूपमा आत्मीयता हुन एकदमै जरुरी हुन्छ । कतिपय अवस्थामा धेरै व्यक्तिले आफ्नो पार्टनरको भावनालाई बुझ्दैनन् । जसले गर्दा एकर्कामा दुरी आउन थाल्छ ।

पार्टनरको अपमान गर्नु
आफ्नो पार्टनरलाई अरूका अगाडि अपमान गर्दा पनि उसको मन दुख्न सक्छ । त्यस्तै गलत शब्दहरूको प्रयोग तथा मन दुख्ने कुराले सम्बन्धलाई बिर्गान सक्छ । त्यसैले केही कुराहरूमा गलत बुझाई भए पनि गलत शब्द तथा बोलीले एक अर्काको मन भने कहिल्यै दुखाउनु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved