विराटनगर पुगेर ओलीले भने- बागमतीमा मैले ढुंगेलको पक्ष लिएको छैनँ

नेपालभ्युज

विराटनगर पुगेर ओलीले भने- बागमतीमा मैले ढुंगेलको पक्ष लिएको छैनँ
फाइल फोटो

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न विराटनगर पुगेका अध्यक्ष केपी शर्मा ओलीले बागमतीमा आफूले कसैको पनि पक्षमा केही नभएको स्पष्टीकरण दिएका छन् ।

‘ओलीको समर्थन कैलाश ढुंगेललाई’ भनेर आएका केही समाचारप्रति आपत्ति जनाउँदै ओलीले भने, ‘न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ ।’

उनले आफूले ‘सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस्’ मात्र भन्ने गरेको बताए ।

केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले एमाले कोशी प्रदेश अधिवेशनको आजै उद्घाटन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved