पुराना दललाई रविको घुमाउरो चेतावनी- कि अबको चार वर्षभित्र सुध्रनुस्, नत्र सिध्याइदिन्छौं

नेपालभ्युज

पुराना दललाई रविको घुमाउरो चेतावनी- कि अबको चार वर्षभित्र सुध्रनुस्, नत्र सिध्याइदिन्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दललाई चार वर्षभित्र सुध्रन सुझाव दिएका छन् । उनले नसुध्रिए पुराना दललाई सिध्याइदिने चेतावनी दिएका छन् ।

उनले पुराना दललाई लक्षित गर्दै भनेका छन्, ‘राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर १ कि तपाइँको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।’

सभापति रवि लामिछानेले पुराना दलले मिसन २०८४ भनेको पटक्कै नसुहाएको टिप्पणी पनि गरेका छन् । उनले पुराना दललाई मिसन ८४ भन्न छाडेर ३३ वर्षमा गरेका गल्ती सुधार्न सुझाव पनि दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्–

सम्पूर्ण पुराना दलहरुलाई अपिल,

देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामीबाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।

तर, मिशन ८४ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त ! मिशन ०७ सालदेखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०, मिशन८१, मिशन ८२, मिशन ८३ छदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस्।

४–४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४–४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।

राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाइँको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved