मणिपुरमा फेरि हिंसा भड्कियो,  पुलिस चौकीबाहेका ठाउँ ‘अशान्त क्षेत्र’ घोषणा

नेपालभ्युज

मणिपुरमा फेरि हिंसा भड्कियो,  पुलिस चौकीबाहेका ठाउँ ‘अशान्त क्षेत्र’ घोषणा
फाइल फोटो

एजेन्सी। मणिपुरमा जुलाईदेखि बेपत्ता भएका दुई मेइती विद्यार्थीको मृत्यु भएको पुष्टि भएपछि राजधानी इम्फालमा हिंसा र विरोध प्रदर्शन फेरि चर्किएको छ ।

बुधवार ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएर र इम्फालमा एक नेताको घरमा आक्रमण गर्ने प्रयास गरेका छन्। उनीहरुले प्रहरीको गाडीमा आगजनी गर्नुका साथै एक प्रहरीलाई कुटपिट गरी हतियार समेत खोसेका थिए ।

मणिपुर प्रहरीले बुधवार राति एक विज्ञप्ति जारी गर्दै भनेको छ, “एक अराजक भीडले नेताको घरमा आक्रमण गर्ने प्रयास गर्यो, सुरक्षा बलहरूले अश्रु ग्यासको गोला प्रहार गरेर भीडलाई तितरबितर पारे। अनियन्त्रित भीडले प्रहरी गाडीलाई निशाना बनाएर जलायो, ​​जबकि एक प्रहरीमाथि आक्रमण गरी उनको हतियार खोसियो ।”

हतियार बरामद गर्न र अपहरणकारीलाई पक्राउ गर्न कम्बिङ अपरेशन भइरहेको छ । स्थितिलाई ध्यानमा राख्दै, इम्फालमा कर्फ्यूमा छूट रोकिएको छ र कर्फ्यू पूर्ण रूपमा लागू गरिएको छ।

यसअघि मणिपुर प्रहरीले दुई विद्यार्थीको मृत्युको खबर आएपछि हिंसात्मक प्रदर्शन बढेको र प्रहरीले ‘न्यूनतम बल प्रयोग’ गरेर प्रदर्शनकारीलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएको थियो तर यस प्रयासमा केही व्यक्ति घाइते भएका छन् ।

यसबाहेक बुधबार राज्यका पहाडी क्षेत्रमा ‘आर्म्ड फोर्सेस स्पेशल पावर एक्ट’ अर्थात् एएफएसपीएको अवधि आगामी ६ महिनाका लागि थपिएको छ।  इम्फाल उपत्यकाका १९ प्रहरी थानाबाहेकका क्षेत्रलाई अशान्त क्षेत्र घोषणा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved