भिख माग्नेप्रति महानगरको एक्सन, नियन्त्रणमा लिएर फेरि नमाग्ने कागज गराएर छाड्दै

उनीहरूलाई पुन; सडकमा माग्नु नहिँड्ने सर्तमा छोडिएको छ। यसरी सडकमा नाबालक बच्चा लिएर बिच सडकमा पैसा माग्नु हिँड्दा दुर्घटना हुन सक्छ भन्दै सचेत गराएको छ।

नेपालभ्युज

भिख माग्नेप्रति महानगरको एक्सन, नियन्त्रणमा लिएर फेरि नमाग्ने कागज गराएर छाड्दै

काठमाडौं। ‘‘केही खाने देना, कपडा पैसा देना’ भन्दै सडक–सडकमा केही महिला, बालबालिका र पुरुष दिनहुँ ‘माग्दै’ गरेका भेटिन्छन्। बटुवाले पैसा दिन नचाहेमा खुट्टामै झुन्डिएर जबरजस्ती दिन बाध्य पारिएका पनि देख्ने भोग्नेहरू छन्।

उनीहरू मध्ये कतिपयसँग गाउँपालिका वा नगरपालिकाको छाप र हस्ताक्षर भएको सिफारिस पत्र पनि हुन्छ।

आफू गरिब भएको प्रमाणित भएको त्यो पत्र देखाउँदै ‘बाढीले घरबार बगायो, परिवारको मृत्यु भयो, अनेक रोग लाग्यो’ भन्दै अनेक बहाना लेखिएका सिफारिस देखाएर मागिरहेका हुन्छन्।

त्यसरी देखाइने सिफारिस पत्र कतिपय नक्कली हुन्छन्। पुर्खौली पेसा नै ‘माग्ने’ हो भन्दै सहर बजारमा मागेर गुजारा चलाउने गरेका पनि धेरै छन्। जसले माग्ने मात्र गर्दैनन्, बटुवालाई जबरजस्ती गरेर झर्काे लगाउँछन्।

सडकमा गाडी रोकिनासाथ चढेर यात्रुलाई समेत झर्काे लगाउँछन्। सडक दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो भोगाइबाट आजित बटुवा तथा यात्रुको गुनासो बढेपछि महानगरले ‘मगन्ते’प्रति एक्सन थालेको छ।

बुधबार काठमाडौं महानगरपालिको नगर कार्यपालिकाको कार्यालय महानगर प्रहरी बलले बानेश्वरको व्यस्त सडकमा बच्चाहरूलाई लिएर जाममा रहेको गाडीमा पैसा माग्ने समूहलाई महानगर कार्यालयमा लगेर सम्झाएको छ।

उनीहरूलाई पुन; सडकमा माग्नु नहिँड्ने सर्तमा छोडिएको छ। यसरी सडकमा नाबालक बच्चा लिएर बिच सडकमा पैसा माग्नु हिँड्दा दुर्घटना हुन सक्छ भन्दै सचेत गराएको छ।

महानर प्रहरीले भनेको छ, ‘‘उनीहरूलाई पुन; सडकमा माग्नु नहिँड्ने सर्तमा छोडिएको छ। यसरी सडकमा नाबालक बच्चा लिएर बिच सडकमा पैसा माग्नु हिँड्दा दुर्घटना हुन सक्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved