शिक्षा विधेयक संशोधनमा कांग्रेस प्रतिबद्ध

नेपालभ्युज

शिक्षा विधेयक संशोधनमा कांग्रेस प्रतिबद्ध

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ ।

मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग गरेको छलफलमा कांग्रेसले शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक संशोधन गर्ने प्रतिबद्धता जनाएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाका प्रतिनिधि सहभागी थिए ।

सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न प्रतिबद्ध रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसदबाट पारित गराउन काग्रेस नेतृत्वलाई सचेत गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved