ओलीको प्रश्न : अहिले कसले अवरोध गरेर संसद नचलेको ?

सरकारले नागरिकता दिएरै सुन तस्करी जोगाउन खोजेको आरोप

नेपालभ्युज

ओलीको प्रश्न : अहिले कसले अवरोध गरेर संसद नचलेको ?
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अहिले कसले अवरोध गरेर संसद नचलेको ?’ भन्दै प्रश्न गरेका छन् ।

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले ‘विगतमा एमालेले अवरोध गरेका कारण संसद नचलेर जनताको आवाज रोकियो भन्नेहरुले अहिले १७ दिनसम्म किन संसद नचलाएको ?’ भन्दै प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री विदेश भ्रमणमा जानेबित्तकै संसद बन्द गर्नुनपर्ने उनको भनाइ भनाइ थियो । ‘छिमेकी देश भारतका प्रधानमन्त्री कति दिन विदेश जाँदा पनि संसद चलिरहेकै हुन्छ’, ओलीले भने, ‘हाम्रा प्रधानमन्त्री चाहिँ किन संसद बन्द गर्ने आदेश दिएर मात्रै विदेश जान्छन् ?’

उनले सरकारले नागरिकता दिएरै सुन तस्करी जोगाउन खोजेको आरोप पनि लगाए ।

‘सुन तस्करी गर्नको लागि नागरिकता दिएर मान्छे तयार गर्ने व्यापारी को हो ?’, उनको प्रश्न थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved