बालेनले ढाँटेको ईःको आरोप, भने- थर्काएर फर्कियो नगर प्रहरी

नेपालभ्युज

बालेनले ढाँटेको ईःको आरोप, भने- थर्काएर फर्कियो नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई: ले मेयर बालेन साहले ढाँटेको बताएका छन् ।

मेयर साहले वार्ताका लागि बोलाउँदा पनि नआएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि ईःले यस्तो बताएका हुन् ।

उनका अनुसार एकजना नगर प्रहरीले ‘माथि मेयरले बोलाउनु भएको छ’ भन्दै थर्काएका थिए ।

मेयर शाहले भने अभियन्ताहरू संवादमा आउन नचाहेको भन्दै स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्–

विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर बार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौंभन्दा अभियनताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved