सुन तस्करी छानबिन आयोग बनाउन बस्यो सर्वदलीय बैठक

नेपालभ्युज

सुन तस्करी छानबिन आयोग बनाउन बस्यो सर्वदलीय बैठक

काठमाडौं । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सुरु भएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता सहभागी छन् ।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले बैठकको आह्वान गरेका हुन् ।

सुन तस्करी छानबिनका लागि आयोग बनाउने सहमतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले तत्कालीन समयमा संसदको अवरोध खुल्न दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved