कृष्ण सिटौला भन्छन् : दलहरूबीच असमझदारी बढ्दा संविधान कार्यान्वयनमा कठिनाइ भयो

नेपाल भ्युज

कृष्ण सिटौला भन्छन् : दलहरूबीच असमझदारी बढ्दा संविधान कार्यान्वयनमा कठिनाइ भयो

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरूबीच असझदारी बढ्दा संविधान कार्यान्वयनमा कठिनाइ भएको बताएका छन् । दलहरुबीच संविधान जारी गर्ने बेलामा जस्तो समझदारी र एकता हुने हो भने कार्यान्वयन पनि सहज हुने उनको भनाइ थियो ।

नेकपा एमालेले संविधान दिवससँगै स्वर्गीय नेता सुवास नेम्वाङको स्मृतिमा आयोजना गरेको ‘सुवास र संविधान’ शीर्षकको अन्तरक्रियामा बोल्दै सिटौलाले संविधान कार्यान्वयनका लागि अझै दलहरु एक हुनुपर्ने बताएका हुन् ।

‘७२ को संविधान जारी हुँदा राजनीतिक दलहरुबीच राम्रो समझदारी भएको थियो। संविधान जारी भइसकेपछि तीनै परिवर्तन ल्याउने दलहरुबीचको समझदारी प्रारम्भिक दिनबाटै टुटे’, उनले भने, ‘समझदारी बचाउन सकेनौं।’

उनले संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved