जुवा खेलिरहेको अवस्थामा भक्तपुरबाट १० जना पक्राउ

नेपालभ्युज

जुवा खेलिरहेको अवस्थामा भक्तपुरबाट १० जना पक्राउ

भक्तपुर। जुवा खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका–७ स्थित इनाचोबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । इनाचोस्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवाडेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको हो ।

प्रहरीका अनुसार जुवा खालबाट  ७३ हजार ७ सय नगद बरामद गरिएको छ । जुवा खालबाट पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत घर भएका मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती, अनुप दोलही देव परमणि, कमल शेख, देव चुत र पूर्ण ब्रतदले रहेका छन् ।

पक्राउ परेकाहरूलाई जुवा ऐन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved