एजेन्सी । जुत्तालाई सफा गर्नु भनेको एकदमै अप्ठारो काम हो । यदी तपाईंका जुत्ता छिटो छिटो फोहोर हुन्छन् भने यो समस्या झनै कडा हुन्छ । किनकी पानीले धुँदा जुत्ता छिटो सुक्दैनन् । जसले गर्दा लगाउन पनि समस्या हुन्छ । त्यसैले बिना पानीले नै केही टिप्सहरु अपनाएर जुत्ता सफा गर्न सकिन्छ ।
जुत्तामा धुलो माटो लागेको हुन्छ । यसमा भएको फोहोरलाई सबैभन्दा पहिला सुख्खा ब्रस वा टिशु पेपरको सहयोगले हटाउनुहोस् । जुत्तामा दाग लागेको ठाउँमा कुनै पनि कन्डिशनर लगाउनुहोस् । यसलाई कुनै स्पन्जको सहयोगले घोट्नुहोस् र कपडाले सफा गर्नुहोस् ।
बेकिंग सोडा र कागतीको मिश्रणमा कुनै पनि पुरानो ब्रस डुबाउनुहोस् र फोहोर भएको जुत्तालाई यसले सफा गर्नुहोस् । यो तरिकाले पनि जुत्ता नभिजेर नै सफा हुन्छन् ।
त्यस्तै इरेजर यानिकी शिशाकलमले लेख्दा मेट्न प्रयोग गर्ने रबरले पनि जुत्ता सफा गर्न सकिन्छ । जसरी शिशाकलमले लेखेको मेटिन्छ त्यसरी नै जुत्ता सफा गर्न सकिन्छ ।
भेनेगरको सहयोगले पनि जुत्तालाई सफा गर्न सकिन्छ । यसलाई ब्रस वा कपडामा लगाउनुहोस् र फोहोर जुत्तालाई सजिलै सफा गर्नुहोस् ।
कागती एसिडिक प्रकृतिको हुन्छ जसले दागधब्बाहरुलाई सजिलै निकाल्न सक्छ । कागतीको रसलाई एक कप पानीमा मिसाउनुहोस् र कपडाको सहयोगले दाग भएको ठाउँमा घोटेर सफा गर्नुहोस् । त्यस्तै वाक्स क्रिमिले पनि सफा गर्न सकिन्छ । यदी तपाईंसँग गाडी मोटरमा लगाउने वाक्स राख्नुभएको छ भने पनि त्यसले सफा गर्न सकिन्छ ।
Facebook Comment
Comment