नाच्ने निहुँमा झगडा हुँदा चक्कु प्रकार, एक जनाको मृत्यु

नेपालभ्युज

नाच्ने निहुँमा झगडा हुँदा चक्कु प्रकार, एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । पाल्पामा तीजको गीतमा नाच्ने निहुँमा झगडा हुँदा चक्कु प्रहार भएको भएको छ । चक्कु प्रहारबाट तिनाउ गाउँपालिका– २ दोभान, घोडेबासका २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको हो ।

प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

आइतबार राति तीज गीतमा नाच्ने निहुँमा झगडा परेको थियो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । राति पौने दुई बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved