नरिवलको चटनीका फाइदा जान्नुभयो भने आजैदेखि बनाउनुहुनेछ

नेपालभ्युज

नरिवलको चटनीका फाइदा जान्नुभयो भने आजैदेखि बनाउनुहुनेछ

एजेन्सी । नरिवलको चटनी विशेषगरी भारतका विभिन्न स्थानमा प्रचलित छ । दक्षिण भारतमा त यो चटनी बिना खाना पूरा नै हुँदैन । यो स्वादमा मिठो हुनुका साथै स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । जानौं यसका फाइदाका बारेमा –

नरिवलको चटनीमा करीब दुई ग्राम फ्याट हुन्छ । यसमा करीब ४० देखि ५० क्यालोरी, दुई ग्राम काब्र्स, प्रोटिन र सोडियम आदि पोषक तत्वहरु पाइन्छ ।

नरिवलको चटनीले तौल कम गर्न पनि सकिन्छ । किनकी यसमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ । यस्तोमा अन्य अचारको सेवन गर्नुभन्दा नरिवलको चटनीको सेवन गर्नुहोस् ।

शरीरमा रगतको कमी हुँदा पनि नरिवलको चटनीको सेवन गर्नु राम्रो मानिन्छ । नरिवलको चटनी खानाले आइरनको कमी टाढा भाग्छ र शरीरमा रगत बढ्न थाल्छ ।

नरिवलको चटनी खानाले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । यस चटनीमा भिटामिन, खनिज, काब्र्सको राम्रो मात्रा पाइन्छ । नरिवलको चटनीको सेवन मुटु सम्बन्धी विमारीहरुका लागि पनि राम्रो हुन सक्छ ।

नरिवलको चटनी पाचन प्रक्रियाका लागि पनि एकदमै राम्रो हुन्छ । यसमा फाइबरको मात्रा भरपूर हुन्छ जसले गर्दा ग्यास, पेट दुखाई, कब्जियत आदि समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

नरिवलको चटनीको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न सकिन्छ । यस चटनीमा एन्टीब्याक्टेरियल गुण पाइन्छ साथमा यसको सेवन गर्नाले संक्रमणको खतरा पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved