आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपालभ्युज

आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । हेटौँडामा चिकित्सक कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै आइतबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा जनाएको छ ।

भोलि सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा भोलि आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने संघले जनाएको छ । गत साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका चिकित्सकद्वय विकास थापा र प्रशान्त विडारीमाथी कुटपिट गरेका थिए ।

उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले चिकित्सकलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट गरेको संघले दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved