अपानिप्रति झलनाथकै आपत्ति, पार्टीमा कुरा राख्ने !

नेपालभ्युज

अपानिप्रति झलनाथकै आपत्ति, पार्टीमा कुरा राख्ने !

काठमाडौं । एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)प्रति पार्टीका सम्मानीत नेता झलनाथ खनालले नै आपत्ति जनाएका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले मनलाग्दी ढंगमा अपानि जारी गरेको भन्दै खनालले आपत्ति जनाएका हुन् ।

उनले पार्टीको कुनै पनि कमिटीमा अपानिबारे छलफल नभएकोसमेत बताए ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले उक्त अपानि खतरनाक भएको पनि बताए ।

‘त्यो पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको छ’, उनले भने, ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’

उनले अपानिबारे पार्टीको आधिकारिक कमिटीमा कुरा राख्ने पनि बताएका छन् ।

अपानिप्रति असन्तुष्टि जनाउँदै दुईजना केन्द्रीय सदस्यले पार्टी छाडिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved