तोरीको तेलमा कपूर मिसाएर मालिस गर्दा हुन्छ यस्तो फाइदा

नेपालभ्युज

तोरीको तेलमा कपूर मिसाएर मालिस गर्दा हुन्छ यस्तो फाइदा

एजेन्सी। शरीरको मालिस गर्नाले तपाईंको थकान तथा शरीरको दुखाइजस्ता विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ । साथमा अन्य कैयौं समस्याहरूबाट पनि छुट्कारा पाउन सकिन्छ ।

यहाँ जानौं तोरीको तेलमा कपूर मिसाएर शरीर मालिस गर्दा कस्ता फाइदा हुन्छन् ?

– छालालाई भित्रीरूपमा सफाइ गर्नका लागि तोरीको तेल र कपूर मिसाएर शरीरको मालिस गर्नुहोस् । यसो गर्नाले छालाको फोहोर सफा हुन्छ र छाला एकदमै चम्किलो हुन्छ ।

– तोरीको तेलमा कपूर मिसाएर शरीरको मालिस गर्नाले शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ । यसले तपाईंको जोर्नी तथा मांसपेशीहरूको दुखाइ पनि कम हुन्छ ।

– रुघाखोकीबाट राहत पाउनका लागि पनि तपाईं तोरीको तेल प्रयोग गर्न सक्नुहुन्छ । यसमा कपुर मिसाएर हल्का मनतातो बनाउनुहोस् र त्यसपछि छातीमा लगाउनुहोस् ।

– तोरीको तेलमा कपूर मिसाएर शरीरको मालिस गर्नाले छालालाई चिल्लो तथा मुलायम बनाउन सकिन्छ । यसले छालालाई प्राकृतिकरूपमा मोइस्चराइज गर्ने गर्छ ।

– ढाड तथा कम्मरको दुखाइ छ भने पनि तपाईं तोरीको तेलमा कपुर मिसाएर यसले कम्मर मालिस गर्न सक्नुहुन्छ ।  यसो गर्नाले दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।

– छालासँग जोडिएका समस्याहरू कम गर्नका लागि पनि तपाईं तोरीको तेलमा थोरै कपूर मिसाएर तताएर लगाउन सक्नुहुन्छ । यसले शरीर सुक्खा हुने चिलाउने आदि समस्या समाधान हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved