सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसद्वारा राजीनामा

नेपालभ्युज

सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसद्वारा राजीनामा

संयुक्त राष्ट्रसङ्घ । सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तूममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द्वका बीच बुधबार राजीनामाको घोषणा गरेका हुन्

उनले सुडानको द्वन्द्व व्यवस्थापनका लागि जिम्मेवारी दिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसप्रति आभार व्यक्त गर्दै यो अवधिमा आफुले सम्भावित सबै भूमिकाको निर्बाह गरेको बताएका छन् ।

“त्यो अवसर र ममाथिको विश्वासका लागि म महासचिवप्रति आभारी छु, तर मैले उहाँसँग यो कर्तव्यबाट मुक्त गर्न आग्रह गरेको छु,” पर्थेसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै भने ।

सुडान सन्दर्भलाई जोड्दै उनले भने, “यो द्वन्द्व पूर्ण गृहयुद्धमा परिणत हुन सक्छ ।”  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved