पानीमा डुबेर दुई जनाको मृत्यु

नेपालभ्युज

पानीमा डुबेर दुई जनाको मृत्यु

सुनसरी। सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घरनजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए । उनको उपचारको लागि जिल्ला अस्पताल इनरुवा लैजानासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

यसैगरी, इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved