मैत्रीपूर्ण खेलमा जापानले जर्मनीलाई हरायो

नेपालभ्युज

मैत्रीपूर्ण खेलमा जापानले जर्मनीलाई हरायो
तस्वीर स्रोतः जर्मनी फुटबल टीम/फेसबुक

काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलमा जापानले जर्मनीलाई पराजित गरेको छ।

शनिबार राति भएको खेलमा जापानले जर्मनीलाई ४–१ को फराकिलो गोलअन्तरमा पराजित गरेको हो। खेलको ११औं मिनेटमा जुन्या इन्टोले गोल गर्दै जापानलाई अग्रता दिलाए। खेलको १९औँ मिनेटमा लिरो साने जर्मनीको गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए।

खेलको अयासे उएडाले जापानको लागि दोस्रो गोल गरे। ९०औँ मिनेटमा तुकमा असानो र इन्ज्युरी समयमा आओ तनाकाले जापानको लागि तेस्रो र चौथो गोल गरे।

पछिल्लो ५ खेलमा जर्मनीको यो चौथो पराजय हो। सन् २०२० को नेसन्स लिगमा स्पेनसँग ६–० गोलअन्तरले पराजित भएपश्चात् जर्मनीको यो सबैभन्दा फराकिलो पराजय हो। जापानसँगको पराजयसँगै जर्मनीका प्रशिक्षक हासी फ्लिकको बर्खास्तीको सम्भावना बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved