बजेट शून्यको स्थिति अन्त्य गर्न कोशी सरकारले ल्यायो अध्यादेश

नेपालभ्युज

बजेट शून्यको स्थिति अन्त्य गर्न कोशी सरकारले ल्यायो अध्यादेश
हिक्मतकुमार कार्की

काठमाडौं । कोशी प्रदेश सरकारले बजेट शून्यको स्थिति अन्त्य गर्न बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।

मुख्यमन्त्रीमा ‘कमब्याक’ भएसँगै हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निर्णय गराएर बजेटसम्बन्धी अध्यादेश ल्याएका हुन् ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले आज जारी गरेका हुन् ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved