नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

नेपालभ्युज

नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधताबीचको एकता, सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन्।

शनिबार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले विविधताबीच एकता, सद्भाव र सहिष्णुताको नेपाली मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन र बढ्न दिन नहुने बताए।

आफ्नो पहिचान, अधिकार र विकासको निम्तिसचेत हुनुपर्ने उनको भनाइ थियो। उनले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने उल्लेख गरे।

उनले आज जातीय, भाषिक र धार्मिक एकता तथा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैलाउने, विग्रह फैलाउने खतराहरू पनि देखिरहेको बताए।

उनले भने, ‘यो बहुजातीय बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक हो। यसको विशेषता भनेको विविधताबीचको एकता हो। यसको आफ्नै मौलिक पहिचान छ। धार्मिक र सांस्कृतिक जातीय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो,’ उनले भने, ‘तर, आज नेपालको यो विविधताबीचको एकता, सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँकतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन?’

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved