सांसदहरूले सरकारलाई भने- ‘विवादित चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाऊ’

सीके राउत नेतृत्वको जनमत पार्टी तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै विवादित चिनियाँ राजदूत छेनलाई स्पष्टीकरण समेत लिन सरकारलाई आग्रह गरे।

नेपालभ्युज

सांसदहरूले सरकारलाई भने- ‘विवादित चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाऊ’

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालका लागि चिनियाँ राजदूत छन सोङलाई फिर्ता पठाउन माग गरेका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टी तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै विवादित चिनियाँ राजदूत छनलाई स्पष्टीकरण समेत लिन सरकारलाई आग्रह गरे।

नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनको टिप्पणी थियो।

‘‘नेपाल र भारतको सम्बन्धमा विष वमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ। यो घोर निन्दनीय छ। यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदाररूपमा गर्दछु।’’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चिनियाँ राजदूतको अमर्यादित अभिव्यक्तिको विरोध

चिनियाँ राजदूतबाट अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको भन्दै राजनीतिक तथा कूटनीतिक क्षेत्रका जानकारहरूले समेत आलोचना गरिरहँदा यस विषयमा संसदमा समेत उठेको हो।

उनको अभिव्यक्तिको राष्ट्रिय राजनीति र कूटनीतिक क्षेत्र तरङ्गित भइरहँदा संसदीय समितिमा समेत छलफल भएको थियो।

बिहान बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालका पनि राजदूत छन् सोङको अमर्यादित अभिव्यक्तिको आलोचना भएको थियो।

गैरकूटनीतिक अभिव्यक्ति दिने चिनियाँ राजदूतलाई फिर्ता गर्नुपर्ने माग, संसदीय समितिमा पनि छलफल हुँदै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved