संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने- ओली सरकारले चुच्चे नक्साबारे चीनलाई नोट पठाएकै रहेनछ

‘प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा अझै टुंगिएको छैन’

नेपालभ्युज

संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने- ओली सरकारले चुच्चे नक्साबारे चीनलाई नोट पठाएकै रहेनछ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको चुच्चे नक्साबारे तत्कालीन सरकारले चीनलाई नोट नै नपठाएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री साउदले तत्कालीन सरकारले नयाँ नक्साबारे चीनलगायत अन्य देशलाई नोट नै नपठाएको बताएका हुन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी हुने बेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए भने प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री थिए ।

२०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेको थियो ।

समितिमा परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा तय भइनसकेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved