उपचारको पालो कुर्दाकुर्दै बालिकाको ज्यान गयो, मृत्युपछि अस्पतालले भन्यो- ‘अब सेवा सुधार गछौँ’

बालिकालाई उपचार नगरी पालो कुराउने कर्मचारीलाई भएन कारबाही

सोमबार साँझ दुई घण्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की बालिका पाँच वर्षीया रेजिना गोपालीको मृत्यु भएको थियो।

नेपालभ्युज

उपचारको पालो कुर्दाकुर्दै बालिकाको ज्यान गयो, मृत्युपछि अस्पतालले भन्यो- ‘अब सेवा सुधार गछौँ’

काठमाडौं। पालो कुर्दाकुर्दै उपचार नपाएर बालिकाको मृत्यु भएपछि कान्ति बाल अस्पताल प्रशासनले इमर्जेन्सी कक्षको सेवा सुधार गर्ने दाबी गरेको छ।

पालोमा बस्दा गाह्रो भएका बिरामीलाई पहिले पालो दिने गरी नियम सुधारिएको अस्पतालले बताएको छ।

यसअघि सोमबार साँझ दुई घण्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की बालिका पाँच वर्षीया रेजिना गोपालीको मृत्यु भएको थियो।

बान्ता र ज्वरोले थलिएकी पाँच वर्षीया रेजिशालाई उपचारका लागि इमर्जेन्सीमा लगिए पनि उपचार दिइएन। अस्पतालका कर्मचारीले बिरामीलाई डाक्टरकहाँ पठाउनुको सट्टा टिकट काटेर पालो कुर्न लगाए।

बिरामीको गम्भीरता बुझिदिन आफन्तले हारगुहार गरिरहेपनि दुई घण्टासम्म कुराए। दुई घण्टासम्म संघर्ष गरिरहेकी बालिकाले अन्ततः हजुरबुबाको काखमै तड्पिँदै प्राण त्यागिन्।

गम्भीर अवस्थाका बिरामी पुग्ने बित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) भए पनि अस्पतालको लापरवाहीले बिरामीको ज्यान गयो।

बिरामीको मृत्युपछि मात्रै अस्पतालले पालो पर्खिनुपर्ने बिरामीलाई पनि पर्खाइकै क्रममा निगरानी गर्न इमर्जेन्सी विभागलाई निर्देशन दिएको अस्पतालका निर्देशक डा पंकज रायले बताए।

उद्धार गरेर धेरैको ज्यान बचाएकी सशस्त्र प्रहरीकी उषा, जो दुर्घटनामा आफैँ बाँचिनन्

‘‘इमर्जेन्सीमा आएर गाह्रो भएका बिरामीले पालो कुर्नु नपर्ने बनाएका छौँ। मंगलबार (हिजो)देखि नै नियम सुधारेका छौँ। अब त्यस्तो लापरबाही र कमजोरी दोहोर्‍याउन नहुने बनाएका छौँ’’ रायले भने।

उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई हजुरबा र आमाले तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा बालिकाको ज्यान गएको हो।

अस्पतालले सेवा सुधार गर्ने घोषणा गरे पनि शिथिल बनेकी बालिकालाई उपचार नगरी पालो कुराउने कर्मचारीलाई भने कारबाही गरिएको छैन।


Comment

One thought on “उपचारको पालो कुर्दाकुर्दै बालिकाको ज्यान गयो, मृत्युपछि अस्पतालले भन्यो- ‘अब सेवा सुधार गछौँ’

  1. निर्लज र मानबता हराएका कर्मचारीहरु आगो लागेपछि कुवा खन्ने कुरा गरेका छौ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved