‘रङ नम्बर’ले जुराएको पाकिस्तानी र भारतीय जोडी, जो देश निकालाको फैसला कुरिरहेछन्

प्रेम जोडी भेट्नको लागि उनीहरू एकअर्का देशमा जाने गरेका छन्, त्यो पनि प्रवेशाज्ञा नदिए अवैध तरिकाबाटै। पाकिस्तानी नागरिक गुलजार झा र भारतीय नागरिक दौलत बीको प्रेम र संघर्षको यात्रा गदर फिल्मको कथा झैँ लाग्छ।

नेपालभ्युज

‘रङ नम्बर’ले जुराएको पाकिस्तानी र भारतीय जोडी, जो देश निकालाको फैसला कुरिरहेछन्

नयाँ दिल्ली। २२ वर्षअघिको ब्लकबस्टर ‘गदर : एक प्रेमकथा’को सिक्वेलले अहिले फेरि भारतको बक्स अफिस ततायो। नेपालमा पनि उत्तिकै चल्यो।

भारत–पाकिस्तान विभाजनबीच अंकुराएको प्रेमकथा रहेको फिल्ममा दुई प्रेमीलाई छुट्याउन खोज्ने डरलाग्दा कथा छन्।

कारण प्रेमी प्रेमिका फरक देश भएकैले। यस्तै भावनाले ‘गदर : एक प्रेमकथा’लाई दर्शकले धेरै रुचाए। पाकिस्तानकी युवतीले भारतमा बिहे गर्छिन्। पछि माइती पाकिस्तान फर्किन्छन्।

परिवारले भारतमा पति (सन्नी देवल)लाई भेट्न जान दिँदैनन्। पती नै पाकिस्तान जान्छन्। पत्नी (अमिसा पटेल) लिन पति (सन्नी देवल) अवैध तरिकाबाट पाकिस्तान छिरेर भारत फर्काएको कथालाई रोमाञ्चक ढङ्गबाट सिनेमामा उतारिएको छ। अहिलेको गदर २ त्यसैको सिक्वेल हो।

०००

भारतीय र पाकिस्तानी नागरिकहरूबीचको सीमापार प्रेमकथालाई दुर्लभ मानिन्छ। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएदेखि नै यी दुई देशबीच कटुतापूर्ण सम्बन्ध छ। सीमा फरक भए पनि दुई देशबीचका कतिपय नागरिकहरू एकै भावना बाँचिरहेका देखिन्छन्।

यी देशबीच तीन पटक युद्ध भइसकेको छ। तनावपूर्ण सम्बन्धका कारण त्यहाँका नागरिकहरूले अर्को देशमा जाने प्रवेशाज्ञा पाउन कठिन छ। तैपनि प्रेमको बन्धनले देशको सीमा रेखाभित्रै बाँधेर राखेन।

प्रेम जोडी भेट्नको लागि उनीहरू एकअर्का देशमा जाने गरेका छन्, त्यो पनि प्रवेशाज्ञा नदिए अवैध तरिकाबाटै। पाकिस्तानी नागरिक गुलजार झा र भारतीय नागरिक दौलत बीको कथा गदर फिल्मको कथा झैँ लाग्छ।

 

०००

प्रेमसम्बन्धका लागि अवैध रूपमा सीमा पार गर्ने कैयौँ भारतीय र पाकिस्तानीहरू समस्यामा परेका छन्। केही समययता धेरै जोडीका कथाहरूले सञ्चारमाध्यममा स्थान पाएका छन्। उनीहरूले चिनजान इन्टरनेटमा गर्छन् र त्यहीँबाट प्रेम पर्छन्।

गदर फिल्मको यस्तो कहानीजस्तै कहानी छ, गुलजार खानको पनि। पाकिस्तानी उनी प्रेमिका भेट्न भारत आए। उनी अहिले जेलमा छन्।

सन् २०११ मा पाकिस्तानका गुलजार खानले अवैध रूपमा भारत प्रवेश गरेर आफ्नी भारतीय प्रेमिका दौलत बीसँग बिहे गरे। दौलत बी भने भारतीय हुन्।

आफ्नो वास्तविक परिचय लुकाएर बसे। तर, आठ वर्षपछि भेद खुल्यो उनी पाकिस्तानी हुन् भन्ने। त्यसपछि उनी पक्राउ परे। अहिले उनी भारतबाट देश निकाला हुन्छ कि हुँदैन भन्ने निर्णय कुरिरहेका छन्। आठ वर्षको बीचमा उनीहरूको प्रेमका सङ्घर्षहरू यस्तो छ।

प्रेमीसँग बिहे गर्न पाकिस्तानबाट भारत आउँदा पक्राउ परेकी सीमा हैदर धरौटीमा रिहा

‘रंग नम्बर’ले जुराएका सबन्ध

गुलजार खान र दौलत बीको ‘पहिलो भेट’ फोनमा भयो। त्यो पनि ‘रङ नम्बर’मा गरिएको फोनका कारण। गुलजार खान पाकिस्तानको पन्जाब प्रान्तको सियालकोट निवासी हुन्।

भारतमा पनि पन्जाब राज्य छ, सन् १९४७ मा देश विभाजन हुँदा पन्जाब पनि टुक्रिएको थियो। प्रेमिका दौलत बी दक्षिणी भारतको आन्ध्र प्रदेशकी हुन्।

पाकिस्तानका गुलजार खान पहिला साउदी अरबमा गएका थिए, रोजगारीको लागि। उनी त्यहाँ रङ्गरोगन लगाउने काम गर्थे। उनी सन् २००९ मा साउदीमै थिए। उनलाई गाउँघरको साथीको याद आयो। उनले साथीलाई फोन गर्न खोजे। तर, फोन नम्बर मिलेन। नम्बर टिप्दा गल्ती पो भएछ कि भन्दै उनले एउटा अंक यताउता पारेर फेरि फोन गरे।

तर फोन गुलजार खानको साथी कहाँ पुगेन, भारतीय युवती दौलत बी कहाँ पुग्यो। सुरुमा नचिनेको मान्छेसँग कुरा गर्न उनी हिचकिचाइन्। तर, खानले कुरा गर्ने हठ गरे। कुराकानीमा गुलजार खानले आफू पन्जाबको भएको बताए।

‘रङ नम्बर’ले जुराएको टेलिफोन संवाद अरू दुई वर्षसम्म चलिरह्यो। उनीहरू नियमित फोनमा कुरा गर्थे। दौलत बी विधवा थिइन् र उनको एउटा बच्चा थियो। गुलजार खानसँग फोनमा कुरा गरेको थाहा पाएपछि उनले आफन्त र छरछिमेकले गाली गरे।

गुलजार खानले आफू पाकिस्तानको पन्जाबी भएको भन्ने चाहिँ खुलाएका थिएनन्। पाकिस्तान भारतमा पनि छ। उता दौलत बीले भारतकै होलान् भन्ने सोचिन्। गुलजार खानले आफू इसाई भएको कुरा वर्षौँसम्म बताएनन्, दौलत बीसँग बिहे गरेपछि पनि। उता दौलत बीलाई गुलजार खान आफूजस्तै मुस्लिम हुन् भन्ने लागेको थियो।

फोनमा बोल्दाबोल्दा दुवै जना प्रेममा परे। एक अर्कासँग छुट्नै नसक्ने भइसकेका थिए। गुलजार खानले भारतमा प्रेमिका भेट्न जाने निधो गरे। साउदी अरबस्थित भारतीय दूतावासबाट भिसा लिने प्रयास धेरै पटक गरे। तर, उनी विफल भए।

यसरी सम्भव भयो भारत प्रवेश

गुलजारले पाकिस्तानी राहदानी दिएर कैंयै पटक भारत जाने प्रयास गर्दा भिसा मिलेन। तर, उनले एउटा उपाय लगाए, आफू भारतीय नागरिक भएको दाबी गर्ने।’ त्यो कुरा जनावरी २०११ को हो।

“मैले आफू भारतीय नागरिक हुँ, मेरो पासपोर्ट हरायो र म भारत फर्किन चाहन्छु भनेँ’’ उनले भन्छन्। त्यस क्रममा गुलजार खानले श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट) फोटो भएको एउटा परिचयपत्र देखाए। परिचयपत्र उनको थिएन तर, फोटोमा देखिने व्यक्तिसँग उनको अनुहार मिल्दोजुल्दो थियो।

त्यो परिचयपत्र देखाएपछि गुलजारलाई पक्राउ गरियो। किनकि त्यो नाम गरेको व्यक्तिको भिसाको समय गुज्रिसकेको थियो। अवैध रूपमा साउदी बसेको भन्दै गुलजार खानलाई नियन्त्रणमा लिइयो।

प्रेमीसँग बिहे गर्न पाकिस्तानबाट भारत आउँदा पक्राउ परेकी सीमा हैदर धरौटीमा रिहा

उनलाई तुरुन्तै भारत पठाइयो। साउदीले डिर्पाेट गरेर भारत पठाएपछि गुलजारलाई फाइदा भयो। उनी आफ्नी प्रेमिका भेट्न भारत पुग्न सफल भए। उनी भारतको हैदराबाद सहर पुगे। भारत आएको केही सातामै उनले दौलत बीसँग बिहे गरे।

त्यसपछि गुलजार खान, दौलत बीसहित आन्ध्र प्रदेशको नन्द्याल जिल्लास्थित ससुराली गाउँ गए। त्यहाँ स्थानीय प्रहरीले उनीसँग सोधपुछ गरेको थियो।

तर, कुनै मुद्दा भने परेको थिएन। त्यसकारण उनी त्यही बसे। गुलजार खान आठ वर्ष दौलत बीसँग त्यही बसे। उनीहरूका चार सन्तान भए। खान त्यहाँ पनि रङ्ग लगाउने काम गरिरहे। यसबीचमा उनले ‘आधार कार्ड’ र परिचय खुल्ने अरू सरकारी कागजपत्र बनाए।

भारत आएपछि गुलजारले पाकिस्तानस्थित परिवारसँग सम्पर्क गरेनन्। सात वर्षसम्म गुलजार खान सम्पर्कविहीन भएपछि परिवारले सोधखोजी गर्न थाले।

उनका एक आफन्त साउदी अरब पनि गए। “हामीलाई उनी दुर्घटनामा पो परे कि भन्ने लागेको थियो,” पाकिस्तानको रावलपिन्डीबाट उनकी बहिनी शीला लालले भनेकी छिन्।

यता खानले भने आफू नयाँ परिवारमा आएपछि गाउँघर भूलेको बताउँछन्। “नयाँ परिवारमा बस्दा मैले आफूलाई भारतीय नागरिक नै ठान्न थालेँ,” खान भन्छन्।

सन् २०१९ मा गुलजार खान पाकिस्तान फर्किने विचार गरे। सपरिवार ससुराली गाउँ छोडेका थिए।

तर उनी छिमेकी राज्य तेलङ्गानास्थित एउटा रेल्वे स्टेसनबाट पक्राउ परे। खानलाई अवैध रूपमा भारत प्रवेश गरेको र जाली कागजपत्र बनाएको अभियोगमा मुद्दा लगाइयो।

गुलजार खानले पाकिस्तानमा फोनमा कुरा गरेको भारतीय गुप्तचर निकायहरूले पत्ता लगाएका थिए। सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार सोही कुरा पत्ता लगाएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

अवैध रूपमा भारत छिरेका पाकिस्तानीलाई आश्रय दिएको भन्दै पत्नी दौलत बी समेत पक्राउ परिन्। पक्राउ परेपछि मात्रै दौलत बीले आफ्ना पति पाकिस्तानका रहेको थाहा पाइन्। साथै इसाई हुन् भन्ने भेउ पाइन्। उनी तुरुन्तै छुटिन्।

पति जेलमै रहे। स्थानीय अदालतले झन्डै वर्ष दिनपछि खानलाई सन् २०२० मा धरौटीमा छाडिदियो।

गत वर्ष फेब्रुअरीमा तेलङ्गाना सरकारले राज्यमा ‘अवैध आप्रवासी’ भनिएका मानिसहरूलाई हिरासतमा राख्ने निर्णय गरेपछि गुलजार खान फेरि पक्राउ परे। तर, राज्यको उच्च अदालतले खानविरुद्ध चलिरहेको मुद्दाको अन्तिम फैसला नभएसम्म उनलाई रिहा गर्न आदेश दिएपछि छुटे।

गुलजार खान र दौलत बी दम्पती अहिले अदालतको फैसलाको प्रतीक्षामा छन्। उनीहरू गुलजार खानकै घर पाकिस्तान जान चाहन्छन्।

पत्नी दौलत बी भन्छिन्, ‘‘अदालतको निर्णयले हामीहरू सँगसँगै भारतमा बस्न पाउँछौ या मेरा पति पाकिस्तान फर्किनुपर्छ, म यता एक्लै हुन्छु भन्ने ठहर गर्नेछ। यसैले हामी दुवै जना छुट्नुभन्दा बरु पतिलाई देश निकाला गरियोस्। यसले सब ठीक हुन्छ भन्ने आशा छ। त्यसो हुँदा म पनि उतै पाकिस्तान नै जान्छु भन्ने आशा छ।’’

बीबीसीको सहायतामा

गदर-२ ले पाँच सय करोड कमायो, भारतमा सर्वाधिक कमाउने दोस्रो फिल्म

गदर– २ ले तोड्यो केजीएफको कीर्तिमान, बाहुबली–२ र पठानको रेकर्ड ब्रेकको संघारमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved