अख्तियारलाई अझ शक्तिशाली बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

नेपालभ्युज

अख्तियारलाई अझ शक्तिशाली बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तीशाली बनाउन सरकारसँग माग गरेका छन् ।

सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि अख्तियारजस्ता नियमक निकायलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्ने उनको तर्क थियो ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी ऐन बनाउन पनि समितिले तत्काल पहल गर्नुपर्ने बताए ।

उपमहासचिव गुरुङले संविधानको मर्म र भावनाअनुसार सीमासम्बन्धी कानून निर्माण गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved