सुनका गहना चोरी गरेको आरोपमा एक युवती पक्राउ

नेपालभ्युज

सुनका गहना चोरी गरेको आरोपमा एक युवती पक्राउ

लमजुङ। सुनका गरगहना चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसीशहरकी सुजा घिमिरे रहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि बेसीशहर नगरपालिका-७ को क्याम्पस रोड छेउछाउमा भएको छुट्टाछुट्टै घटनामा झन्डै २३ तोला बराबरको सुनका विभिन्न गहनाहरू चोरी भएको प्रहरीले बताएको थियो । प्रहरीले चोरीको घटना बढ्न थालेपछि सूक्ष्म तरिकाबाट निगरानी बढाउँदा आइतबार घिमिरेमाथि शंका लागी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पक्राउ परेकी घिमिरेको साथबाट सुनको रानीहार, वाला, औंठी, झुम्का, सुनको रातो पत्थरजडित औंठी, सुनको पत्थर जडित टप, सुनको औंठी दुई/दुई थान र सुनको टप ४ थान मिनिहार, सिक्री र सुनको गणेशको मूर्ति लकेट एक/एक थान फेला परेको छ ।

उनीविरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved