ज्ञानबहादुर शाहीको जिकिर- चुच्चे नक्शा चीनले स्वीकार गरेमात्रै प्रधानमन्त्री भ्रमणमा जान मिल्ने

नेपालभ्युज

ज्ञानबहादुर शाहीको जिकिर- चुच्चे नक्शा चीनले स्वीकार गरेमात्रै प्रधानमन्त्री भ्रमणमा जान मिल्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चीनले नेपालको चुच्चे नक्शालाई मान्यता दिएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्शा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गरेका हुन् । अन्यथा प्रधानमन्त्री दाहालमाथि तत्कालिन मन्त्रीपरिषद् र संसदको शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्शालाई अस्वीकार गरेको ठहर्ने उनको भनाई थियो ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाँझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्शा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठने बताए ।

‘नेपालको शतप्रतिशत सांसदहरुले पारित गरेको चुच्चे नक्शा चाइनाको आधिकारिक नक्शाबाट हटाईसकेपछि प्रधानमन्त्रीले त्यो नक्शा सार्वजनिक नगर्दै चाइना भ्रमणमा जानु भनेको  मन्त्रीपरिषद् र संसदले निर्णय गरेको चुच्चे नक्शा हाम्रो होइन भनेर स्वीकार गर्नु हो’ उनले भने, ‘त्यसकारण प्रधानमन्त्रीजीले यो कुरा नहुँदासम्म चीन भ्रमणमा जानु हुँदैन । काठमाडौंको मेयरले बहिष्कार गरेजसरी नै प्रधानमन्त्रीले पनि चीन भ्रमण बहिष्कार गर्नुपर्छ । यदि राष्ट्रवादी प्रधानमन्त्री हुनुहुन्छ भने ।’

प्रमुख सचेतक शाहीले प्रधानमन्त्री दाहालले सत्ता टिकाउने कामका लागि विदेश भ्रमण गर्न नहुने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved