रूसी राष्ट्रपति पुटिन र समकक्षी एर्दोगानबीच भेटवार्ता हुँदै

नेपालभ्युज

रूसी राष्ट्रपति पुटिन र समकक्षी एर्दोगानबीच  भेटवार्ता हुँदै

स्तानबुल । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान युक्रेनको खाद्यान्न निर्यात सम्झौतालाई पुनर्जीवित गर्ने विषयमा केन्द्रित भ्लादिमिर पुटिनसँग वार्ता गर्न सोमबार रूसको ब्ल्याक सी रिसोर्ट आइपुगेको टर्कीको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

एर्दोगानसँगै टर्कीका रक्षा, विदेश, ऊर्जा र अर्थमन्त्रीसहितको ठूलो प्रतिनिधिमण्डल रहेको अनादोलु सरकारी समाचार एजेन्सीले जनाएको छ । टर्कीका नेताले बैठकअघि संक्षिप्त उद्घाटन मन्तव्य राख्ने कार्यक्रम रहेको र त्यसपछि पत्रकार सम्मेलन गरिने उनको कार्यालयले जनाएको छ ।

टर्कीले संयुक्त राष्ट्रसङ्घसमर्थित सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ जसले युक्रेनी ‘ब्ल्याक सी’मा तीन बन्दरगाहबाट खाद्यान्नको सुरक्षित निकासको अनुमति दिएको छ । रूसले जुलाईमा उक्त सम्झौताबाट हात झिकेको थियो र त्यसपछि युक्रेनी बन्दरगाहको पूर्वाधारमा पटक–पटक हवाई आक्रमण सुरु गरेको थियो ।

नेटो सदस्य टर्कीले मस्को र कीएभबीचको शान्ति वार्ता पुनः सुरु गर्नका लागि अन्न सम्झौतालाई आधारको रूपमा प्रयोग गर्ने अपेक्षा गरेको छ ।

अङ्काराले युद्धको दौडान दुवै पक्षसँग मैत्रीपूर्ण सम्बन्ध राख्न सफल भएको छ । उसले रुसमाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धबाट पछि हटेको छ तर युक्रेनलाई हतियार आपूर्ति गरेको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved