सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन- बन्न बाँकी कानूनहरु संसद्‍मा पेश गर्नू

नेपालभ्युज

सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन- बन्न बाँकी कानूनहरु संसद्‍मा पेश गर्नू

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुुसार बन्न बाँकी कानूनहरुको निर्माण गरी प्राथमिकताका आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकबाट उनले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित सुझावहरुलाई कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् ।

सुशासन र संघीयताको कार्यान्वयनका लागि कानून निर्माण गर्नुपर्ने भन्दै उनले कानूनी रिक्तता पूरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved