सेयरधनीहरूलाई लाभांश वितरण गर्दै माछापुच्छ्रे बैंक

नेपालभ्युज

सेयरधनीहरूलाई लाभांश वितरण गर्दै माछापुच्छ्रे बैंक

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । बुधबार बिहान ९ बजे बसेको सञ्चालक समितिको ४८६औँ बैठकले सेयरधनीहरूलाई लाभांश वितरण गर्न प्रस्तावको निर्णय गरेको हो ।

सञ्चालक समितिले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९–८० को खुद मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत अर्थात् १ अर्ब, ४३ करोड ६० लाख एक हजार सात सय एकासी रुपैयाँ बाँडफाँड गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हाे । यो सँगै माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने सबैभन्दा पहिलो बैंक बनेको छ ।

बैंकको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा वितरण गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved