मोबाइल नम्बरमार्फत पैसा पठाउने सजिलो तरिका, फोन पेद्वारा नयाँ अभियानको घोषणा

नेपालभ्युज

मोबाइल नम्बरमार्फत पैसा पठाउने सजिलो तरिका, फोन पेद्वारा नयाँ अभियानको घोषणा

काठमाडौं । ‘फोन पे’ नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको घोषणा गरेको छ ।

जसको उद्देश्य एक बैंकबाट अको बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको छ ।

“मोबाईल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधाररत यस अभियानले आफ्नो मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबारे छिट्टो र सुरभिक्ष रहने कुरामा विशेष प्राथमिकता दिएको देखिन्छ ।

यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्टमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्नेबारे शिक्षित गर्नु हो जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरु रहेका छन् । त्यसैको फलस्वरुप नेपालका विभिन्न बैैँकहरूमा फोन पे ले ग्राहकहरुलाई फोन पे डिरेक्टसम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरेको देखिएको छ । जसबाट चौतर्फी एकीकृत मार्केटिङको राम्रो उदाहरण झल्किएको छ ।

भाद्र महिनाभर चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोन पेको डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आइफोन १४ प्रो को मेगा उपहारबाट पुरस्कृत गरिनेछ भने अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रुपमा अन्य उपहारद्वारा पुरस्कृत गरिनेछ ।

अभियानको उद्धेश्यका बारेमा फोन पे का चिफ स्ट्राटेजी अफिसर सुवोद शर्माले भने, ‘सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ । पैसा पैसा पठाऔँ ठाउँको ठाउँ अभियान यस प्रतिबद्धताको एक उदाहरण हो । फोन पे डिरेक्टद्वारा हामीले पैसाको आदान प्रदान गर्ने तरिकालाई सधैँका लागि परिवर्तन गर्दैछौँ ।’

फोन पेले सधैँ आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ र यहिअनुरुप सुरक्षित कारोबारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरुमा इन्सक्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved