काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाउन पालिकालाई परिपत्र गरेको छ ।
मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरेको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न पालिकालाई परिपत्र गरिएको हो ।
कतिपय कम्पनी तथा बिक्री कक्ष र वितरकहरुले इजाजतपत्र नलिइ प्रत्यक्ष बिक्री वा वितरणको काम भइरहेको गुनासो विभागमा आएकाले तीनै तहका सरकारहरु र कानुनद्वारा अधिकारप्राप्त सबै संयन्त्र एवम् सरोकारवाला निकायहरु सतर्क हुनुपर्ने अवस्था देखिएको परिपत्रमा उल्लेख छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ बमोजिम स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृत तोकिएको छ । ऐनको दफा २८ बमोजिमको स्थानीय बजार अनुगमन समिति समेत सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको विभागद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ ।
Facebook Comment
Comment