आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स कम्पिटिसनका विजेता घोषणा

नेपालभ्युज

आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स कम्पिटिसनका विजेता घोषणा

काठमाडौं। एसियन पेन्ट्स नेपालले आयोजना गरेको ‘आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन’ प्रतिस्पर्धाका विजेता घोषणा गरिएको छ । नेपालका प्रतिभाशाली आर्किटेक्चर र इन्टेरियर डिजाइनरको प्रतिभा प्रदर्शन गर्न कम्पनीले सीएसआर पहलबाट प्रतिस्पर्धा कार्यक्रम आयोजना गर्दै आएको छ ।

क्यालिडोस्कोप, एसियन पेन्ट्स नेपालद्वारा आयोजित वार्षिक कार्यक्रम २०२२–२३ का लागि पुनः आयोजित भएकोलगायत नेपालका प्रतिभाशाली आर्किटेक्टहरू र इन्टेरियर डिजाइनर प्रवद्र्धन र आशाजनक प्रतिभाहरू प्रदर्शन गर्न कम्पनीको निरन्तर प्रयासलाई बलियो बनाएको छ । १० वर्षभन्दा बढी समयदेखि यस सिएसआर पहल, क्यालिडोस्कोपमार्फत विद्यार्थीलाई आफ्नो रचनात्मकता र उपलब्धिको भावना निर्माण व्यक्त गर्ने अवसर छ भन्ने एसियन पेन्ट्सको दृढ विश्वास छ ।

आर्किटेक्चरका विद्यार्थीका लागि २०२२–२३ को प्रोजेक्ट कास्की, पोखराको ‘पोखरा मोन्युमेन्टल पार्क’ थियो भने इन्टेरियर डिजाइनका विद्यार्थीका लागि ‘बुटिक होटेल’ थियो । यो राष्ट्रियस्तरको प्रतियोगिताको आठौँ संस्करण हो, जहाँ ०७४ ब्याच र ०७५ ब्याचका कुल गरेर ५१ विद्यार्थीले ११ आर्किटेक्चरल र २ इन्टेरियर डिजाइन कलेजहरूबाट भाग लिएका थिए । एसियन पेन्ट्स नेपालले आयोजना गरेको आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स कम्पिटिसनका उत्कृष्ट पाँच विजेता घोषणा गरिएको छ । प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थितिमा विजेता घोषणा गरिएको हो ।

आर्किटेक्ट कलेजबाट विजेता आइओई, थापाथली क्याम्पसका सन्दीप तण्डुकार र इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेसनल कलेजकी नीलिमा प्रधानले एसियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरे । फस्ट रनरअपहरू आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आइइसी कलेज अफ आर्ट एन्ड फेसनकी क्याथी मुन नकर्मीले ४० हजार नगद प्राप्त गरे । आइओई थापाथली क्याम्पस (आर्किटेक्ट कलेज)का युनिश भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेसनल कलेज (इन्टेरियर डिजाइन कलेज)की श्रीजा आचार्यले ३० हजार नगद जित्दै सेकेन्ड रनरअप भएका थिए ।

अन्त्यमा चार सान्त्वना पुरस्कार काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी मानषी श्रेष्ठ, आइओई थापाथली क्याम्पसकी रुचि खकुरेल, आइइसी कलेज अफ आर्ट एन्ड फेसनकी नम्रता पन्त र आइइसी कलेज अफ आर्ट एन्ड फेसनकी रुचिता महर्जनलाई १० हजार नगद प्रदान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved