भदौ २६ गतेबाट ‘नाडा अटो शो २०२३’ हुँदै

नेपालभ्युज

भदौ २६ गतेबाट ‘नाडा अटो शो २०२३’ हुँदै

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्ने ‘नाडा अटो शो’को २०२३ को संस्करण भदौ २६ गतेदेखि आयोजना हुने भएको छ ।

भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा अटो शोको आयोजना हुने भएको हो । नाडा अटोमोबाइल्सका अनुसार प्रदर्शनीका लागि बुकिङ पनि खुल्ला गरिएको छ ।

नाडा अटो शो २०२३ मा विद्युतीय लगायतका चार पा‌ग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारी तथा ढुवानीका साधनहरू, स्पेयर पाटर्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरूसमेत राखिने छन् ।

त्यसैगरी, सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थाहरू समेतको सहभागिता रहनेछ । झण्डै चार वर्षपछि हुन लागेको यस बृहत् प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षासमेत राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved