नेप्सेमा ५.९ अंकको सामान्य वृद्धि, कारोबार रकम खुम्चियो

नेपालभ्युज

नेप्सेमा ५.९ अंकको सामान्य वृद्धि, कारोबार रकम खुम्चियो

काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०९ अंकले बढेको छ  । सुरुमा बढेको नेप्से पछि खुम्चिँदै गएर ५ अंक बढेर १९९८ अंकमा पुगेर रोकिएको हो । यो ०.२५ प्रतिशतको वृद्धि हो ।

परिसूचक बढे पनि आज कारोबार रकम भने खुम्चिएको छ ।  आज ३१ हजार ५९९ वटा कारोबारमा ३६ लाख ७० हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९८ करोड ८६ लाख रुपैयाँको मात्रै कारोबार भएको छ ।

सोमबार ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved