पत्थरीको अप्रेसन गर्न गएका बिरामीको मृत्यु, डाक्टरले किड्नी नै झिकिदिएको आरोप 

नेपालभ्युज

पत्थरीको अप्रेसन गर्न गएका बिरामीको मृत्यु, डाक्टरले किड्नी नै झिकिदिएको आरोप 

धनगढी। धनगढीमा पत्थरीको अप्रेसन गर्न अस्पताल पुगेका एक बिरामीको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी पत्थरीको अप्रेसन गर्न स्वस्तिक अस्पताल गएकोमा उनको मृत्यु भएको हो ।

भदौ ९ गते शनिबार चौधरीलाई अस्पताल भर्ना गरिएकोमा डाक्टरले बायाँ किड्नीमा रहेको पत्थरीको अप्रेसन गर्दा नशा नै काटिदिएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

किड्नीको नशा काटिएपछि अत्याधिक रगत बगेको थियो । त्यसपछि डाक्टरले किड्नी झिकिदिएको आफन्तको गुनासो छ । किड्नी झिकेपछि चौधरीको मृत्यु भएपछि डाक्टर ‘सरी’ भन्दै बाहिरिएका थिए।

अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसन हुँदा अत्यधिक रक्तश्राव भएको र त्यसलाई रोक्न किड्नी झिकिएको बताए । त्यसले पनि नरोकिएपछि अवस्था बिग्रिएको उनले स्वीकार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved