एमालेलक्षित माधव नेपालको कटाक्ष : हाम्रो पार्टी विस्तारित हुँदा कतिपय आतंकित छन्

नेपालभ्युज

एमालेलक्षित माधव नेपालको कटाक्ष : हाम्रो पार्टी विस्तारित हुँदा कतिपय आतंकित छन्

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेको  बताए । उनले नेकपा एमालेप्रति इंगित गर्दै आफ्नो पार्टीको उपस्थिति राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चालगायत जुन कुनै स्थानमा अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको भन्दै टिप्पणी गरे । उनले आफूहरु विध्वंसक नभएकाले आतंकित नहुन आग्रह गरे ।

उनले भने, ‘हामीले हाम्रो देशको राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेका छौँ कि छैनौँ ?म दावाका साथ भन्छु । चाहे समाजवादी मोर्चा, चाहे राष्ट्रिय गठबन्धनको कुरा गरौँ, जुनसुकै ठाउँमा हाम्रो पार्टीको उपस्थिति अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको छ । हाम्रो पार्टीको बिस्तार होला भनेर आतंकित पनि भएका छन्, ति आतंकित भएकाहरुलाई भन्न चाहन्छु धेरै आतंकित नहुनुस्, हामी विध्वंंसक शत्रु होइनौँ, हामीलाई शत्रु ठान्नुपर्ने केही आवश्यकता छैन । हामी त शत्रु ठान्दैनौँ । हामी तपाईको गलत प्रवृत्तिलाई मात्रै इंकित गरिरहेका छौँ । सुधार गर्नुहोस्, तपाईहरुको रवैयाले कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ । तपाईको रवैयाले नेपाली राजनीतिमा निराशा पैदा भएको छ, तपाईको रवैयाले नै वास्तवमा जनतामा राजनीतिप्रति वितृष्ण बढिरहेको छ ।’

अध्यक्ष नेपालले समाजवादी शक्ति एक ठाउँमा ल्याएर नेपालमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved