प्रहरी भन्छ- ‘वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठग्ने क्रम बढ्यो’

नेपालभ्युज

प्रहरी भन्छ- ‘वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठग्ने क्रम बढ्यो’

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले ठगिनबाट जोगिनका लागि नागरिकहरू सचेत हुनुपर्ने बताए ।

‘वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने समस्या अहिले आएका छन्,’ उनले भने, ‘एक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरूको संख्या पनि ठूलो छ ।’

गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म काठमाडौं प्रहरीमा ८ हजार ९ सय २३ वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उनले ५ हजार ९ सय ४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको बताए ।

यस्तै, साइबर शाखामा ३ सय ३२ वटा निवेदन प्राप्त भएको उनले बताए । पार्सल तथा डलर पठाई कर बापतको रकम जम्मा गर्न लगाएर ठग्ने क्रम पनि बढेको भन्दै सचेत रहन उनले आग्रहसमेत गरे ।

उनले मोबाइल चोरीको निवेदन पनि पछिल्लो समय बढ्दै गइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved