ललितानिवास प्रकरण : बाबुरामले दिए सीआईबीलाई जवाफ, अझै सहयोग गर्ने प्रतिबद्धता

नेपालभ्युज

ललितानिवास प्रकरण : बाबुरामले दिए सीआईबीलाई जवाफ, अझै सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा‍. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणबारे आफूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जवाफ दिएको जानकारी दिएका छन् ।

उक्त प्रकरणमाथिको छानबिनका लागि विगतमा पनि (सीआईबी)लाई सहयोग गरेको स्मरण गर्दै उनले आफूमाथि उठेका पछिल्ला प्रश्नबारे पनि जवाफ दिएको बताएका हुन् । उनले अझै आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् ।

उनले भनेका छन्– ललितानिवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणबारे नीतिगत निर्णय गरेका पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved