वेस्टह्यामले चेल्सीलाई ३ गोल हान्यो, एभर्टनको पोष्टमा एस्टन भिल्लाको चार गोल

नेपालभ्युज

वेस्टह्यामले चेल्सीलाई ३ गोल हान्यो, एभर्टनको पोष्टमा एस्टन भिल्लाको चार गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई वेस्ट ह्यामले र एभर्टनलाई एस्टन भिल्लाले हराएको छ ।

गएराति भएको खेलमा वेस्ट ह्यामले चेल्सीलाई ३-१ गोलले हराएको हो । उसका लागि एगार्ड मिचाइल, एन्टोनियो र लुकासले गोल गरे । चेल्सीका चुक्युमेकाले गोल फर्काए । वेस्टह्याम दुई खेलमा चार अंकसहित छैठौँ र एक अंक रहेको चेल्सी १५ औँ स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाल एभर्टनाई ४ गोलले हरायो । उसका लागि म्याकगिन, लुइज, बालेइ, र डुरानले गोल गरे । दुई खेलमा तीन अंक भएको एस्टन भिल्ला दशौँ र अंकविहिन एभर्टन पुछारमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved