कागबेनीमा पहिरो पन्छाउँदा भेटियो डेढ करोड

नेपालभ्युज

कागबेनीमा पहिरो पन्छाउँदा भेटियो डेढ करोड

काठमाडौं । मुस्ताङको कागबेनीमा पहिरो पन्छाउँदा डेढ करोड रुपैयाँ भेटिएको छ ।

आइतबार आएको बाढी तथा पहिरो पन्छाउने क्रममा डेढ करोड रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । बाढीले बगाएर ल्याएको रकम आज फेला परेको हो ।

प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको गेग्रान पन्छाउने क्रममा प्रभु बैंकको लकर भेटिएको थियो । लकरभित्र ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला परेको हो ।

त्यस्तै १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ पनि फेला परेको प्रहरीले जनाएको छ ।

एक साताअघि आएको बाढी तथा पहिरोका कारण कागबेनीका नागरिकको जनजीवन प्रभावित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved